सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी आठ अर्ब नाघ्ने

Advertisement

काठमाडौंः सानिमा बैंकले आइतबार आफ्नो १३औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले चुक्ता पँुजीको १६ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । योसँगै सानिमा बैंकको चुक्ता पुँजी रु. आठ अर्ब नागेको छ ।

साथै, सभाले संस्थापन समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना संचालकमा विनय श्रेष्ठ, तुकप्रसाद पौडेल, शाम्वा लामा निर्वाचित गरेको छ । गएको आर्थिक बर्षमा एक अर्ब ३३ करोड रुपियाँ कमाएको सानिमा बैंकको निक्षेप ५७ अर्ब ७५ करोड, कर्जा सापटी ५१ अर्ब २६ करोड रहेको छ ।

बैंकको निष्क्रिय कर्जा शुन्य दशमलव शुन्य एक प्रतिशत मात्रै रहेको छ ।

Advertisement

Advertisement

Advertisement