सोमालियाको राजधानी मोगादिशु बिष्पोटमा मृत्यु हुनेको सङ्ख्या १३७ पुग्यो

Advertisement

मोगादिसुः सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको विष्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या १३७ पुगेको सोमालियाली अधिकारीले आइतबार जनाएका छन् । पछिल्लो विवरण अनुसार घटनामा ३०० जना घाइते भएका छन् ।

मृतकमध्ये अधिकांशको शरीर डढेर पहिचान गर्न नसकिने अवस्थामा रहेको बताउँदै प्रहरी अधिकारी इब्राहिम मोहम्मदले एएफ्पीलाई बताए, अहिलेसम्म १३७ जनाको मृत्यु भएको छ भने ३०० जनाभन्दा बढी घाइते भएको प्रहरीको अनुमान छ ।

यसपहिले अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विष्पोटका कारण अहिलेसम्म मृत्युहुनेको सङ्ख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराएका थिए । घटनामा गम्भीर घाइतेको सङ्ख्या अझै धेरै रहेकाले मृतक सङ्ख्या अझै केही बढ्नसक्ने उनले बताए ।

विष्पोटको आइतबारसम्म कुनै समूहले पनि जिम्मेवारी लिएको छैन ।

Advertisement

Advertisement

Advertisement