नेपाल र हङकङबिचको खेल रद्द,  नेपाल डिभिजन वानबाट टुमा घटुवा

Advertisement

काठमाडौंः आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल वर्षाका कारण् रद्द भएपछि नेपाल डिभिजन टु मा घटुवा निश्चित भएको छ । खेल हुन नसकेपछि दुवै टोलीले सम्मान एक एक अंक बाँडेपछि नेपाल प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन दुई मा घटेको हो ।

सामुन्द्रिक आँधी र वर्षाका कारण आइतबारको खेल सोमबारलाई सारिएको थियो । तर सोमबार पनि आँधी र वर्षाका कारण खेल हुँन सकेन । नेपाल च्याम्पियनसिपको तालिकामा १२ खेलमा नौं अंकका साथ छैटौं स्थानमा छ ।

नेपालले अब आफ्नो अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएइ) को सामना गर्नेछ । च्याम्पियनसिपको शीर्ष चार टोली विश्वकप छनोट हुने छन् भने अन्तिमका चार टोली घटुवा भएर डिभिजन दुईमा पुगे ।
घटुवासँगै नेपालले अब सन् २०१८ को फेब्रुअरीमा नामिबियामा हुने डिभिजन दुई प्रतियोगिता खेल्नेछ । उक्त प्रतियोगिताको शीर्ष दुईमा रहने टोली विश्वकप छनोटमा सहभागी हुनेछन् ।

Advertisement

Advertisement

Advertisement