मेगाको हकप्रद भर्ने म्याद कार्तिक १४ गतेसम्मलाई थपियो

Advertisement

काठमाडौं : मेगा बैंकले ६५ प्रतिशत हकप्रद शेयर भर्ने म्याद पुनः थप गरेको छ । बैंकले भदौ २७ देखि सोमबारसम्मका लागि १० बराबर ६.५ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको थियो ।

सो अवधिमा दशैंको बिदा परेकाले म्याद थप गर्नु परेको बैंकले जनाएको छ । अब मेगाको हकप्रद कात्तिक १४ गतेसम्म भर्न सकिनेछ ।

बैंकले दुई करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यसमा गत माघ ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । मेगा र टुरिजम डेभलपमेन्ट बैंक मर्ज हुने सैद्धान्तिक सहमति भएपछि माघ ९ गतेदेखि बैंकको शेयर कारोबार अहिले रोक्का छ ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल काठमाडौं र मेगा बैंकको केन्द्रीय कार्यालय राइजिङ मल काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयबाट भने चेकमात्र बुझ्ने व्यवस्था गरिएको छ ।

मेगाको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ हो । हाल मेगाको चुक्ता पुँजी ४ अर्ब ५८ करोड २३ लाख १३ हजार रुपियाँ छ । हकप्रद बिक्रीपछि मेगाको चुक्ता पुँजी ७ अर्ब ५६ करोड ८ लाख १६ हजार ४८१.८१ रुपियाँ हुनेछ ।

गत आर्थिक वर्षको थौथो त्रैमासमा बैंकले ७९ करोड १४ लाख १३ हजार रुपियाँ खुद नाफा कमाएको छ । मेगाको प्रतिसेयर आम्दानी १७ रुपियाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपियाँ ९७ पैसा छ ।

Advertisement

Advertisement

Advertisement