८८ किलो सुन काण्ड: नेपाल-चीन केरुङ व्यवसायी संघका अध्यक्ष तामाङ पक्राउ

Advertisement

काठमाण्डौ: नेपाल प्रहरीले नेपाल चीन केरुङ व्यवसायी संघका अध्यक्ष मानबहादुर तामाङलार्इ पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुन बरामत घटनामा तामाङको संलग्नता खुलेपछि उनलार्इ पक्राउ गरेको हो।

महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार केरुङबाट काठमाणडौसम्म सुन ल्याउन तामाङले मध्यस्तकर्ताको भूमीका खेलेको पुष्टि भएकोले अनुसन्धानकालागि पक्राउ गरिएको हो ।

प्रहरीले गत भदौ २० गते काठमाडौँको क्षेत्रपाटीबाट सो परिमाणको सुन काण्डमा सुन ल्याउन प्रयोग भएको गाडीका चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो ।

तर यस घटनामा ५० वर्षीय चिनियाँ नागरिक वान विई मिङ अनुशन्धानको घेरामा ल्याएको थियो । प्रहरीका अनुसार ११ वर्षदेखि तिब्बत, नेपाल र भारतमा तस्करी सन्जाल सञ्चालन गर्दै आएका थिए । तर उनी आफ्नो पत्नी सहित हालसम्म फरार छन् ।

Advertisement

Advertisement

Advertisement