पोखराः आकाशमा उडिरहेका कम्तिमा छ वटा प्याराग्लाइडिङ सोमबार एकै दिन फेवातालमा खसेका छन् । एक्कासी हावाहुरी आएपछि उडिरहेका प्याराग्लाइडिङ फेवातालमा खसेका हुँन् । यद्यपी अहिलेसम्म मानविय क्षती भएको जानकारी छैन् । खसेका प्याराग्लाइडिङमा सवार १२ जनाको उद्दार भइसकेको छ ।
अझै कति प्याराग्लाइडिङ र व्यक्ति तालमा फँसेका छन् भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । प्रहरीको उद्दार टोली तालमा पुगेको छ । प्याराग्लाइडिङ सराङकोटबाट उडेका थिए ।