नेप्सेमा ४६ अंकको उछाल, १६३ कम्पनीको सेयर किनबेचमा नौ वटाका लगानीकर्ता मात्रै घाटामा

Advertisement

काठमाडौंः पछिल्लो समयमा निकै उतार चढाव देखिएको सेयर बजारमा सोमबार भारी वृद्धि भएको छ । आज सेयर बजार परिसुचक नेप्से साढे ४६ अंकले बढेर एक हजार ५६५ अंक कायम भएको छ । सेयर कारोबार ६० करोडभन्दा बढिको भएको छ ।

आज सबैभन्दा बढि वृद्धि बाणिज्य बैंक समूहमा देखिएको छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको उपसुचक तीन दशमलव ७३ प्रतिशतले बढेको छ भने त्यसपछि क्रमसः होटल समूहको सेयर तीन दशमलव ३२ प्रतिशतले, बिमा तीन दशमलव दुई प्रतिशतले, विकास बैंक तीन दशमलव एक प्रतिशतले, जलविद्युत दुई दशमलव ९२ प्रतिशतले व्यापार एक दशमलव ८९ प्रतिशतले, वित्त एक दशमलव २८ प्रतिशतले बढेको छ ।

आव कुल १६३ कम्पनीको सेयर किनबेच भएकोमा नौ वटा कम्पनीको सेयर मात्रै घटेको छ भने बाँकी कम्पनीका लगानीकर्ताले कमाई गरेका छन् । घाटा खानेमा सबैभन्दा अगाडि विशाल बजार कम्पनीका लगानीकर्ता छन् । सबैभन्दा धेरै कारोबार गर्नेमा बैंक अफ काठमाडूको १० करोड ८५ लाख रुपियाँको सेयर किनबेच भएको छ ।

Advertisement

Advertisement

Advertisement