साना व्यवसायीको सरकारलाई प्रश्न- सार्वजनिक निकायमा स्वदेशी बस्तु किन प्रयोग गरिँदैन ?

Advertisement

काठमाडौंः उद्योगमन्त्री सुनिल थापाले लघु, घरेलु तथा साना उद्योगबाटै देशको अर्थतन्त्र फस्टाउने भन्दै यस्ता उद्योगको विकास अहिलेको अपरिहार्य आवश्यकता रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग नै ठूला उद्योगको आधार स्तम्भ भएकाले देशमा यस्ता उद्योगको प्रवद्र्धन गर्नुपर्ने बताए ।

थापाले भने–‘मेरो लगाव पनि यस्ता उद्योगहरूसँग भएकाले देशका लागि यिनको योगदान मैले महशुस गरेको छु, देशको आर्थिक उन्नतीमा योगदान पु¥याउँदै आएका यस्ता उद्योगको प्रवद्र्घनका लागि ऋृण सहुलियतदेखि के–के कुरामा सहयोग पु¥याउन सकिन्छ, म गर्न तयार छु ।’

कुल निर्यातमध्ये ८० प्रतिशत घरेलु उद्योगबाट निर्यात हुने गरेको जानकारी दिँदै उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम बनेका यस्ता उद्योगको विकास र उत्पादनहरूको बजारीकरणका लागि सरकारले उच्च प्राथमिकता दिएको बताए ।

थापाले उद्योगीले भोग्नु परिरहेको अन्तर मन्त्रालय समन्वयका समस्यालाई अबका दिनमा उद्योग मन्त्रालयमार्फत् सहजीकरण हुने व्यवस्था मन्त्रालयले मिलाउन लागेको जानकारी गराउँदै उद्योगहरुले आफ्नो योगदानलाई बढाएर औद्योगिक विकास तथा रोजगारी सिर्जना गर्न जरुरी भएको बताए ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेको गुनासो गर्दै उक्त निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि आग्रह गरे ।

स्वदेशी उत्पादनको संरक्षण र प्रवद्र्धन उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले निर्देशिका ल्याए पनि त्यो हालसम्म कार्यान्वयनमा जान नसकेको भन्दै उनले निर्देशिकाको अक्षरस पालना गराउन सरकारसँग माग गरे ।

स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि र विप्रेषणमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले ल्याएको उक्त रणनीति कार्यान्वयन गराउन सके अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान ह्वात्तै बढ्ने गिरीको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement