सिजी गल्फ कोर्ट राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खुला

Advertisement

नवलपरासी: नवलपरासीको चौधरी उद्योग ग्राममा रहेको सिजी गल्फ कोर्ट अबदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागिसमेत खुल्ला गरिएको छ ।

उक्त गल्फ कोर्ट निर्माणकर्ता चौधरी उद्योग ग्रामका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीले अब चाँडै यस कोर्टलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको जानकारी दिए ।

नेपालमा गल्फ खेलको विकासका लागि उद्योग परिसरमा सन् २००३ मा निर्माण गरिएको उक्त कोर्टलाई स्तरोन्नति गरी रिट्रिटमा रुपान्तरण गर्न लागिएको उनले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement