ग्रामीण विकास बैंकको एफपीओ बाँडफाँट, अधिकांशलाई गोलाप्रथाद्वारा १० कित्ता

Advertisement

काठमाडौँ: नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबार बाँडफाँट गरिएको छ । एफपीओमा ९७ हजार ५०० आवेदकले गोलाप्रथामार्फत १० कित्ता शेयर प्राप्त गरेका छन् ।

कुल दुई लाख ५० हजार ५२४ जनाको आवेदन स्वीकृत भएकोमा गोलाप्रथाबाट ९७ हजार ५०० जनाले मात्र शेयर पाएका हुन् ।

त्यस्तै, ३ हजार ७९१ जनाको भने आवेदन रद्द गरिएको जनाइएको छ। यस एफपीओमा कुल २ अर्ब ७३ करोड २२ हजार ८०० रुपियाँ बराबरको आवेदन परेको थियो ।

ग्रामीणले भदौ २७ देखि भदौ ३० गतेसम्म ९ करोड ७५ लाख रुपियाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री खुला गरेको थियो । जसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ८७० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

अहिले विकास बैंकको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपियाँ छ । एफपीओ बिक्रीपछि बैंकको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement