चीनले बन्द गर्यो रसुवा-केरूङ नाका, केरूङमा  रहेका नेपाली फर्काइए

Advertisement

रसुवा: चीनमा भोली हुने कंग्रेस सभाको चुनावको लागि अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी ६ दिनका लागि बन्द गरिएको छ।

यो नाका नेपाल- चीनको लागि एकमात्र चालु अवस्थाको व्यापारिक हो ।

नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार १९ औँ चिनियाँ नेसनल कंग्रेस सभा तथा चीनतर्फको बाटो मर्मत गर्नुपर्ने कारण देखाउँदै चिनियाँ पक्षले सीमानाका बन्द गरेको हो।

चुनाव अवधीभरका लागि चीनस्थित केरूङमा बसिरहेका नेपालीलाई नेपाल फर्काइएको छ। प्रहरी नायब उपरिक्षक क्षेत्रीले भने, ‘व्यापारका लागि केरुङ पुगेका, होटल व्यवसाय सञ्चालन गरेर बसेका तथा रोजगारीका लागि केरूङमा रहेका सबै नेपालीलाई नेपाल फर्काइएको छ ।’

चीनको के ८१ र के ८७ भन्ने स्थानमा भारी बर्षापछि आएको पहिरोको कारण सडक अवरुद्ध भएको र विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले चिनियाँ समयअनुसार आज दिउँसो १ बजेबाट नाका बन्द गरिन लागेको हो।

Advertisement

Advertisement

Advertisement