माओवादी केन्द्र सरकारबाट बाहिरिने

Advertisement

काठमाडौं: नेकपा एमालेसंग वाम गठवन्धन गरेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

यसवारे जानकारी दिन गृहमन्त्री जनार्दन शर्माले गृहमा दुईबजे पत्रकार सम्मेलनको आयोजना गर्दैछन्।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको हो । देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेका थिए ।

तीन दिन अघि मात्रै केन्द्रले वाम गठवन्धनमा भए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएको थियो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले पनि एक बजेबाट पत्रकार सम्मेलन गर्दै छन् ।

 

Advertisement

Advertisement

Advertisement