'सिटी एक्सप्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस’ योजनाको विजेता घोषित

Advertisement

काठमाडौंः सिटी एक्सप्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको पाचौं हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले विद्युतीय गोलाप्रथामार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो ।

चाँदीको सिक्का विजेताका रुपमा यमबहादुर दमाई, नन्दा कुमारी गुरुङ्, कल्पना मोक्तान, रमिना खातुन्, सुशीला ढुङ्गाना, बिष्णु मोक्तान र ममता पुन मगर छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेतामा बिष्णुकुमार मगर र रेफ्रिजेरेटर विजेताका रुपमा
देवीसरा रेग्मी छनोट भएका छन ।

लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धी सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले दशैं तिहार र छठलार्र्ई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोे छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिनसम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो ।

सिटी एक्सप्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिकरुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ ।

उपहार योजनाको अन्त्यमा एक जना विजेताले बम्पर उपहारका रुपमा रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोवार गर्ने दुवै वर्गका ग्राहक संलग्न हुनसक्ने कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement