नागरिकता व्यवस्था शीघ्र कार्यान्वयन गर - गैरआवासीय नेपाली

Advertisement

काठमाडौँ: नयाँ संविधानमा उल्लेख गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था शीघ्र कार्यान्वयनमा ल्याउन माग गरिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ बिश्व सम्मेलनमा १४ बुंदे घोषणापत्र जारी गरी उक्त माग गरिएको हो ।

'नेपालको संविधानमा उल्लेख गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गर्ने व्यवस्था शीघ्र कार्यान्वयनका लागि संविधानको मर्म अनुसार एन निर्माणमा तदारुकताका साथ लागि पर्न नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ,' घोषणापत्र जारी गर्दै एनआरएनएकी प्रवक्ता रन्जु वाग्ले थापाले भनिन् । यो समाचार आजको कान्तिपुरमा छ ।

Advertisement

Advertisement

Advertisement