दोस्रो चरणको मतदानपछि मात्र मतगणनाः आयोग

Advertisement

काठमाडौँ: प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र मतगण सुरु गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । यस बाट पहिलो चरणमा मतदान गरेका मतदाता र उम्मेदवारले परिणामका लागि भने १० दिन कुर्नुपर्ने भएको छ ।

१० मंसिरमा ३१ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तालिका छ । २१ मंसिरमा थप ४६ जिल्लामा मतदान हुनेछ । ७७ वटै जिल्लामा निर्वाचन सकिएपछि मात्र एकसाथ मतगणना थाल्ने तयारी आयोगले गरेको छ  ।

जनशक्तिको कमि र दोस्रो चरणको चुनाव प्रभावित हुने भएकाले मतगणना एकैपटक गर्न लागिएको आयोगले जानकारीको छ ।

यसअघि स्थानीय तहको निर्वाचनमा भने मतदान सकिएलगत्तै मतगणना सुरु भएको थियो । त्यतिबेला पहिलो, दोस्रो र तेस्रो चरणका निर्वाचनको अवधि लामो थियो ।

Advertisement

Advertisement

Advertisement