सनराइजले दिने भयो १५ प्रतिशत बोनस, साधारण सभा कात्तिक ३० गते

Advertisement

काठमाडौंः सनराइज बैंकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारण सभामा पेस गर्ने भएको छ । बैंकले यो निर्णयका लागि कात्तिक ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।

हालैमात्र लिलामीमा बिक्री गरेको सेयरपछि कायम हुने पुँजीको १५ प्रतिशत बोनस दिन लागेकाले लिलामीमा सेयर पाउने लगानीकर्ताले पनि बोनस पाउने छन् । सभामा संस्थापक सेयरधनी समूहको तीन जना सञ्चालकहरु निर्वाचन गर्ने प्रस्ताव पेस हुने भएको छ । यसैगरी, बैंकको पुँजी वृद्धि, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनको लागिपनि समितिमा प्रस्ताव गरिने भएको छ ।

बैंकले गत वर्षको नाफाबाट एक प्रतिशत रकम खर्च गर्ने प्रस्ताव पनि साधारण सभाबाट अनुमोदन गराउने भएको छ । सभा गर्न बैंकले कात्तिक १३ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा, कात्तिक १२ गतेसम्म सेयर खरिद गरी कायम भएका सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउने छन् । बैंकले हालै लिलामीमा सेयर बिक्री गरेर पुँजी ७ अर्ब ८ करोड ९१ लाख ७९ हजार रुपिण्याँ पुर्याएको छ । यो पुँजीबाट बैंकले १ अर्ब ६ करोड ३३ लाख ७६ हजार ८५० रुपियाँ बराबरको बोनस सेयर दिन लागेको हो ।

बोनसपछि बैंककोपुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५० रुपियाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले १ अर्ब १६ करोड ८९ लाख रुपियाँ नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपियाँ ९९ पैसा छ ।

Advertisement

Advertisement

Advertisement