स्वास्थ्य मन्त्री बोहराले भने - डा केसीका माग बुधवार नै सम्बोधन हुन्छ

Advertisement

काठमाडौँ: नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले बुधवार प्रा डा गोविन्द केसीलाई भेटी उनले राखेका माग आजै सम्बोधन हुने बताएका छन्।

केसीसँगको भेटमा उनले भने, “प्रधानमन्त्रीले अध्यादेश जारी गरी चिकित्सा शिक्षा ऐन ल्याउने तयारी गर्दै छन् । यसबारे विज्ञहरुसँग उनले छलफल गरी राय लिइरहेका छन्।”

डा केसी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १४ दिनदेखि चिकित्सा शिक्षा र सेवाको सुधारलगायतका माग राखी १३ औँ अनशनमा छन् । मन्त्री बोहराले डा केसीलाई स्वास्थ्यसँग सम्बन्धित विषयमा मन्त्रालय सकारात्मक रहेको र अन्य विषयमा सहमति जुटाई आजै माग सम्बोधन हुने विश्वास दिलाएका थिए ।

डा केसीले सरकारका तर्फबाट हरेक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृतिका कारण आफू ढुक्क हुन नसकेको गुनासो गर्नुभयो । उनले भने, “धेरै पटक धोका भयो, अब कार्यान्वयन सुनिश्चित नहुन्जेल सम्झौता गर्दैनौँ ।”

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले शिक्षामन्त्री गोपालमान श्रेष्ठ, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, प्रा केदारभक्त माथेमा र डा केसीका वार्ता समिति सदस्य डा अभिषेकराज सिंहसँग वार्ता गरिरहेको छ ।

यही कात्तिक ६ गते बस्ने मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश जारी गरी ऐन ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement