अर्थ मन्त्रालयबाट बिदा हुँदै अर्थ सचिव सुवेदीले दिए यस्तो चेतावनी

Advertisement

काठमाडौँ: अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन अर्थ सचिव शान्तराज सुवेदीले महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

अर्थ सचिव सुवेदीको बिदाइका लागि आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री कार्कीले अर्थ सचिवका रुपमा सुवेदीले मुलुकको अर्थतन्त्रको विकासका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै उनको भूमिकाको अनुशरण गरेर अघि बढ्न अर्थ मन्त्रालयका कर्मचारीलाई सुुझाव दिए ।

कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदीले नेपालले सम्पत्ति शुद्धीकरणका क्षेत्रमा तत्कालै प्रभावकारी कार्य गर्न नसके नेपाल फेरि पनि सम्पत्ती शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने बताए ।

उनले मुलुकलाई तत्कालै पूर्वाधारको निर्माणका लागि करिब रु १७ अर्बभन्दा बढी रकम आवश्यक भएकाले त्यसका लागि राजस्व संकलन वृद्धि गर्न राजस्व प्रशासनलाई थप व्यवस्थित बनाउनु आवश्यक भएको उल्लेख गरे ।

राजस्व सचिव शिशिरकुमार ढुंगानाले अर्थ सचिवका रुपमा र मुलुकको आर्थिक क्षेत्रको सुधार र विकासका पक्षमा शान्तराज सुवेदीले महत्वपूर्ण कार्य गरेर देशलाई योगदान पुु¥याएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बंैकका कामु गभर्नर चिन्तामणि शिवाकाटी लगायतका वक्ताले अर्थ सचिव सुवेदीले व्यावसायिक दक्षताका साथ नेपालको अर्थक्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे ।

Advertisement

Advertisement

Advertisement