च्याम्पियन्स लिगः पीएसजीको लगातार तेस्रो जित

Advertisement

एजेन्सीः युइएफा च्याम्पियन्स लिग अन्तर्गतको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्डरलेटलाई पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ । विहिबार राती भएको खेलमा पीएसजीले समूह 'बी' को खेलमा एन्डरलेटलाई ४–० ले पराजित गरेको हो ।

पीएसजीको जितका लागि तेस्रो मिनेटमा एम्बाप्पेले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ४४ औं मिनेटमा काभानीले गोल गरेपछि टोलीले २० को अग्रता बनायो । साथै ६६ औं मिनेटमा नेइमारले तेस्रो गोल गरे । खेलको ८८ औं मिनेटमा एन्जल डि मारियाले गरे गर्दै पीएसजीलाई ४–० गोल अन्तरको जित दिलाए । साथै बायर्नले समूह 'बी' को अर्को खेलमा सेल्टिकलाई ३–० ले पराजित गर्‍यो ।

पीएसजी समुहमा नौ अंकसका साथ शीर्ष स्थानमा छ । भने जर्मन क्लब बायर्न छ अंकका साथ दोस्रो स्थानमा छ ।

Advertisement

Advertisement

Advertisement