भारतबाट मात्रै तीन लाखवटा माला तिहारका लागि नेपाल भित्रिए

Advertisement

काठमाडौँ: यस वर्ष तिहारमा झण्डै तीन लाखवटा फूलका माला भारतबाट आयात गरिएको छ । आयातित सो माला भाइटीकाका लागि मात्र हो ।

नेपालमा फूलखेती व्यावसायिक ढंगले शुरुवात भएको २३ वर्ष पुगिसक्दा पनि परनिर्भरता घटेको छैन । नेपालमा २०११ सालबाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय आव २०७२/७३ सम्म आइपुग्दा ४० जिल्लामा विस्तार भएको छ ।

करिब ६७८ पूmल व्यवसायी यसमा संलग्न छन् । लगभग दुई हजार ९६० रोपनीमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फूलखेतीबाट लाभान्वित भएका छन् । तिहारमा पूmलको विशेष महत्व भएकाले भाइटीकामा लगभग राजधानीमा १५ लाखवटा माला खपत हुने फ्लोरीकल्चर एशोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष दिलीप बादेले जानकारी दिनुभयो । राजधानीमा झण्डै ५० लाख मानिस बसोबास गर्छन् ।

तिहारमा सयपत्री, मखमली र गोदावरी फूल, माला र गमला बिक्री हुन्छ । सबैभन्दा धेरै सयपत्री फूलका माला ११ लाखवटा, तीन लाखवटा मखमली पूmलको र एक लाखवटा गोदावरी पूmलको माला खपत हुन्छ । करिब ३० प्रतिशत फूलको माला भारतबाट आयात गरिएको छ ।

भूमिमाथिको द्वैध स्वामित्व अन्त्य भएको छैन । सीमित व्यक्तिसँग प्रचुर जमिन छ । धेरै जमिन भएकाले बाँझै राख्ने चलन छ । भूमि बाँझो राख्ने व्यक्तिलाई कानूनका दायरामा ल्याउन सकिएको छैन । सोही कारण पूmलमा परनिर्भरता बढेको हो ।

प्रशस्त जैविक विविधता बोकेको भूगोल भएकाले यहाँ स्थानपिच्छे थरीथरीका आकर्षक फूलखेती गर्न सकिन्छ । तर पनि अन्य देशबाट आयात गर्न हामी बाध्य छौँ ।

तिहारको तीन दिन राजधानीमा पूmल, माला र गमला गरी झण्डै रु १५ करोडको कारोबार हुन्छ । राजधानीमा भक्तपुरको गुण्डु, इचङ्कुनारायण, थानकोट, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, ककनी र साँखुबाट पूmल राजधानी भित्रने गर्छ ।

विश्वमा मन्दिरै मन्दिरको देशको नामले चिनिन्छ नेपाल । मन्दिरमा पूजापाठ गर्न पूmल चाहिन्छ । खेतबारीका आली कान्लामा खेती गरेर थाली र ढक्कीमा संकलन गरी सहजै बिक्री हुने फूलमा परनिर्भर हुनु कृषि प्रधान मुलुकका लागि दुर्भाग्य हो ।

एक तथ्यांकअनुसार नेपालमा जग्गा अधियाँ र वटिया कमाउन दिनेको संख्या ४१ प्रतिशत छ । मोहियानी हकको विधिवत् अन्त्य भए पनि जमिन हुनेलाई अझै मोहियानी हकको त्रास कायमै छ । जमिन हुनेले धमाधम जमिनलाई घडेरीमा रुपान्तरण गर्दै छन् । कृषिको विविधीकरणमा कठिनाइ देखिएको बताउनुहुन्छ, पूmल व्यवसायी लोकनाथ गैरे ।

प्रचुर तथा अथाह सम्भावना बोकेको पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति, २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको छ भने आव २०७१÷७२ देखि पुष्प व्यवसाय प्रवद्र्धनका लागि रु एक करोड बजेट विनियोजनसमेत गरेको छ ।

“बजारमा फूलको माग बढेको छ । आवश्यकताअनुसारको उत्पादन दिन सकिएको छैन,” सनराइज एग्रो टेक सेन्टरका सञ्चालक विश्वमणि पोखरेलले भने । नेदरल्याण्ड, हल्याण्ड, थाइल्याण्ड, अमेरिकालगायतका देशमा गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कट फ्लावरको माग दैनिक बढ्दै गए पनि नेपालबाट निर्यात हुन नसकेको उनको भनाइ छ ।

“युरोपका झण्डै १२ मुलुकमा नेपाली कट फ्लावर निर्यात गर्न सकिन्छ,” पोखरेलले भने ।

सरकारले कृषि क्षेत्रमा अनुदान बढाएको छ । बजार छ, उत्पादन छैन । झण्डै रु पाँच अर्बको लगानी रहेको पुष्प व्यवसायमा हाल ४० हजार मानिस प्रत्यक्ष संलग्न छन् । एक सय ४० हेक्टरमा फूलको खेती भइरहेको छ भने ३८ जिल्लामा ६७५ फार्मले विभिन्न जातका फूलखेती गरिरहेका छन् । तर मागअनुसार आपूर्ति हुन सकेको छैन ।

आव २०७२÷७३ मा रु एक अर्ब ५२ करोडभन्दा बढी पूmलको कारोबार भएको थियो । निर्याततर्फ रु तीन करोड २५ लाख र आयाततर्फ रु नौ करोड रहेको एशोसिएसनले प्रकाशन गरेको स्मारिकामा उल्लेख छ ।

 

Advertisement

Advertisement

Advertisement