चुनावी मैदानमा उतार्न एमालेले जापानबाट गाउँ फर्कायो तीन नेता

Advertisement

टोकियो, जापान: परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपियाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा (एमाले) ले गाउँ फर्काएको छ ।

वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो । फिर्ता हुनेमा डा सूर्य पाठक (बाग्लुङ) र राजकुमार पण्डित (नुवाकोट) र पर्वतका महेन्द्र श्रेष्ठ रहेका छन् ।

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिफारिश भएपछि पाठक नेपाल फर्किसक्नुभएको छ भने पण्डित फर्कने तयारीमा छन् ।

पाठक २००३ र पण्डित २००६ मा अध्ययनका लागि जापान आएर कामदार प्रवेशाज्ञामा परिवर्तन गरी काम गर्दै आएका थिए । गाउ“को विकासका लागि विदेशमा रहेका युवालाई फर्काउने उद्देश्यले आफूहरुलाई पार्टीले सिफारिश गरेको उनीहरुको भनाइ छ । पण्डितले गाउ“ फर्केपछि राजनीति र सामाजिक काममा होमिने बताएका छन् ।

प्रवासी नेपाली मञ्च जापानका पूर्वअध्यक्ष पाठक जिल्ला कमिटी बाग्लुङको क्षेत्र नम्बर ४ बाट प्रदेशसभामा सिफारिश भएपछि दुई साताअघि कार्यक्षेत्रमा पुगिसकेका छन् । त्यस्तै, मञ्चका पूर्वउपाध्यक्ष पण्डित जिल्ला कमिटी नुवाकोटको क्षेत्र नं १ बाट सिफारिश भएर अर्को साता गाउँ फर्किने तयारीमा छन् ।

पाठकले फर्कनुअघि विदेशमा बस्दा हासिल गरेको सीप र कलालाई स्वदेशमा सदुपयोग गर्ने बताएका थिए । फर्किनुअघि जापानको बसाइँ अवसर भएको भन्दै अबको बा“की समय पार्टीलाई खर्चिने उनले बताएका थिए ।

त्यस्तै, पण्डितले यहाँको सीप गाउँमा प्रयोगमा ल्याउने प्रयास गर्ने बताउनुभयो । उहा“ विसं २०५४ मा शिखरबेँसी गाविस अध्यक्ष भएका थिए ।

गाउ“ फर्कनेमा मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ पनि हुन् । श्रेष्ठ पनि जापानबाट गाउ“ फर्किसकेका छन् । स्थानीय निर्वाचनमा पर्वतबाट विजयी भएपछि श्रेष्ठले उपाध्यक्ष बाबुराम भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।

Advertisement

Advertisement

Advertisement