छुट्टाछुट्टै सडक दुर्घटनामा ६ जनाको मृत्यु

Advertisement

दार्चुला: महाकाली नगरपालिका वडा नं ९ दत्तु चुच्चैमा महाकाली यातायातको जिप आइतबार बिहान दुर्घटना भएको छ ।

सदरमुकाम खलंगादेखि मालिकार्जुनतर्फ गइरहेको से१ज ५९६ नंको जिप सोत¥यौडा खोलामा दुर्घटनाग्रस्त हुँदा जिप मालिक महाकाली नगरपालिका–७ का २४ वर्षीय भूपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते जिप चालक देवराम कोलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ओरालो खोल्सामा सडकबाट १०० मि तल खोलामा पल्टेको जिपमा दुई जना मात्रै सवार रहेका कारण थप क्षति नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । दुवै जना रातभर जात्रामा रहेका कारण अनिदोमा जिप चलाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

त्यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका–७ बर्नेस्थित मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट शनिबार राति एक बालकको मृत्यु भएको छ ।

मे६प ९५०५ नंको मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिका–४ निवासी बमबहादुर बुढाथोकीको सात वर्षीय छोरा विशाल बुढाथोकीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलमा सवार चालक बुद्धशान्ति गाउँपालिका–७ निवासी २३ वर्षीय कृष्ण ढकाल र पछाडि सवार उनकै श्रीमती २२ वर्षीया पूजा थापा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

खजुरा, बाँके: बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

जिल्लाको जानकी गाउँपालिकाको गनापुरस्थित बागेश्वरी सिमेन्ट उद्योगमा एकजना कामदारको मृत्यु भएको हो । उद्योगमा मेसिन जडान गर्ने क्रममा माथिल्लो तलाबाट मेसिन खस्दा नवलपरासीको परासी नगरपालिका–९ का २५ वर्षीय सन्दीप जुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मेसिनमाथिबाट खस्दा गम्भीर घाइते जुवालको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए ।

यसैबीच सडक दुर्घटनामा परी बाँकेमै एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

जिल्लाको वैजनाथ गाउँपालिका–५ रङ्गिला चोकमा भे४प ६८६० नंको मोटरसाइकल राति १२ बजे दुर्घटना हुँदा दैलेख नारायणपुर–९ बासकोटका १९ वर्षीया मंगला सुनारको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो ।

मोटरसाइकल चालक वैजनाथ–५ का २७ वर्षीय सुजन रावत गम्भीर घाइते भएका छन् । घाइते सुनारको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच वैजनाथ गाउँपालिकाको रङ्गिला चोक नजिकै एकजना मृतावस्थामा फेल परेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । घटनास्थलतर्फ प्रहरीको टोली परिचालन गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

यता, तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सडकको घुम्तीमा शनिबार जिप र मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दमौलीबाट पोखरा जाँदै गरेको ग १२ प २०२३ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना २ च १५३९ नं को जिप ठोक्किँदा उनको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका नाम, थर, वतन नखुलेका ती मोटरसाइकल चालकको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको र जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, मोरङको बेलबारी नगरपालिका–११ स्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिलाको शनिबार मृत्यु भएको छ ।

को १२ प ३२८ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोही ठाउँकी ४२ वर्षीया अन्जिला श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते श्रेष्ठको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक बेलवारी–१० का २२ वर्षीय युवराज शाह घाइते भएका छन् । उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement