जापानमा आमनिर्वाचनको मतदान हुदै:  एलडिपीको गठवन्धन झन् बलियो हुने बिश्वास

Advertisement

टोकियो: जापानमा आइतबार मध्यावधी निर्वाचनका लागि मतदान सुरु भएको छ । आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन् ।

जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभाका लागि आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन् । जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको संसदको म्याद बाँकी रहेकै बेला गत महिनामात्र मध्यावधी निर्वाचनको आह्वान गरेका थिए ।

प्रधानमन्त्री आबेले आफू शक्तिशाली हुने अभियानस्वरुप यो निर्वाचनको आह्वान गरेको बताइएको थियो । यस निर्वाचनमार्फत आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र उसको गठबन्धनले दुई तिहाई बहुमत हासिल हुने उनले बताएका छन् ।

वर्तमान सत्तारुढ दललाई थप बलियो बनाउने र यसका माध्यमबाट देशमा आर्थिक एजेण्डाहरु अगाडि बढाउनुका साथै उत्तर कोरियाको पछिल्लो समयमा अघि बढेको आणविक होडका विरुद्धमा पनि कडा रुपमा प्रस्तुत हुन सहज हुने भएकोले यस निर्वाचनको आह्वान गरिएको बताइएको छ ।

उनले अघि बढाएको नयाँ आर्थिक मोडेल अबेनोमिक्सलाई अझै दरोगरी अघि बढाउने योजना उनको रहेको छ । तर पनि यसको विरुद्धमा विपक्षी गठबन्धन रहेको छ । जसले गर्दा यो निर्वाचनमा सत्तारुढ र विपक्षी दलको गरी दुई प्रमुख एजेण्डाबीच संघर्ष हुनेछ ।

यो निर्वाचनको अघिसम्म यहाँको प्रतिनिधिसभामा प्रधानमन्त्रीको पार्टी, एलडिपीकै बढी बाहुल्यता रहेको थियो । उक्त दल र उसको गठबन्धनले संसदको हाल कायम सिट संख्याको ६८ प्रतिशतभन्दा केही बढी कायम राखेको थियो ।
संसदको तल्लो सभाको ४७५ स्थानमध्ये उनको दललेमात्र २९० स्थान हासिल गरेको थियो । त्यस्तै उनको सत्ताधारी साझेदार अर्काे एक दलको ३४ गर्दा संसदको ६८ प्रतिशतभन्दा केही बढी स्थानमा रहेका छन् ।

यो निर्वाचनमा प्रधानमन्त्री आबे र उहाँको सत्ताधारी गठबन्धनले हालै गठन भएका दुई वटा नयाँ पार्टीसँग प्रतिश्पर्धा गर्ने भएका छन् ।

ती दलले वर्तमान सत्ताधारी दललाई पुग नपुग बहुमतमा मात्र सिमीत पारिदिने बताएका छन् भने सत्ताधारी गठबन्धनले भने दुई तिहाई हासिल गर्ने आकांक्षा राखेको छ ।

पछिल्ला केही समययता उत्तर कोरियाले जारी राखेको आणविक हतियारको प्रदर्शनका विरुद्धमा आवश्यक सुरक्षा नीति अख्तियार गर्न पनि आपूmलाई संसदमा दुई तिहाई बहुमत आवश्यक रहेकोले यसका लागि निर्वाचन आह्वान गरिएको प्रधानमन्त्रीले बताउदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement