पीएसजी रोकियो बराबरीमा, नेयमारले पाए रातो कार्ड

एजेन्सीः पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा बराबरीमा रोकिएको छ । पीएसजीले मार्सेलिएसँग २-२ गोलको बराबरी खेलेको हो । तर त्यस खेलमा पीएसजीका स्टार खेलाडी नेयमारले भने रातो कार्ड खाएका थिए ।

घरेलु मैदानमा भएको खेलमा १६ औं मिनेटमा लुइज गास्टाभोको गोलबाट मार्सेलिएले अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा नेइमारले बराबरी गोल गर्दै पीएसजीलाई बराबरीमा फर्काए । दोस्रो हाफको ७८ औं मिनेटमा थाउभिनले गोलबाट फेरि घरेलु टोली मार्सेलिएले अग्रता लियो । खेलको ८७ औं मिनेटमा पीएसजीका नेयमारले रातो कार्ड पाएर मैदान छाडे । उनले दुई पहेँलो कार्ड पाएपछि मैदान छाड्नु परेको थियो । खेलको अन्त्यमा काभानीले गोल गर्दै पीएसजीलाई हारबाट जोगाए ।

nic-asia-ad

बराबरीपछि पीएसजी १० खेलबाट २५ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।