बेपत्ता दाजुभाइको शव फेला

Advertisement

चितवनः पवित्र तीर्थस्थल देवघाटधामबाट नुहाउने क्रममा बेपत्ता भएका दुई दाजुभाइको शव फेला परेको छ । गत बिहीबार श्राद्ध गर्न बुटवलबाट यहाँ आएका दुई दाजुभाइ नुहाउने क्रममा नारायणी र कालीगण्डकीको संगमस्थलमा डुबेर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्तामध्ये रुपन्देही बुटवल उपमहानगरपालिका–१५ का २८ वर्षीय भाई राजकुमार श्रेष्ठको शव आज बिहान नवलपरासीको अमलटारी नजिकै नारायणी नदीमा फेला परेको छ ।

यसअघि बेपत्ता भएको भोलिपल्ट गत शुक्रबार ३८ वर्षीय दाजु चन्द्रमान श्रेष्ठको शव त्रिवेणी नजिकै नदीमा फेला परेको थियो । श्राद्ध गर्नु अघि संगमस्थलमा स्नान गर्ने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

Advertisement

Advertisement

Advertisement