भट्टराईको नेतृत्वमा संमृद्धि आउँदैनः नारायणकाजी

Advertisement

गोरखाः गोरखा २ बाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा संमृद्धि नआउने दाबी गरेका छन् । श्रेष्ठ र भट्टराई गोरखा २ बाट चुनावी प्रतिष्पर्धामा छन् ।

गोरखा २ वामपन्थी क्रान्तिकारीको किल्ला भएको, संगठन राम्रो भएको, वाम गठबन्धनले गर्दा कार्यकर्तामा उच्च मनोबल रहेको र कार्यदिशा स्पष्ट भएकाले आफूले निर्वाचन जित्ने श्रेष्ठको तर्क छ । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमात्र नभई पार्टी पनि एकता गर्ने सहमति भइसकेको श्रेष्ठले जानकारी दिए ।

पर्यटन, शिक्षा, जडीबुटी व्यवस्थापन गर्दै गोरखा विकासमा नमूना जिल्ला बनाउने दावी श्रेष्ठले गरे । सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भने, “बाबुरामजीलाई वाम गठबन्धनमा हामीले नै सामेल गरौँ भनेर सहभागी गराएका थियौँ । उनकै प्रवृत्तिले छाड्नुपरेको हो । नारायणकाजीले गर्दा उनी वाम गठबन्धनबाट बाहिरिएको भन्ने सत्य होइन ।”

Advertisement

Advertisement

Advertisement