प्रतिनिधि र प्रदेश सभा सदस्यमा जम्मा ४१ जना महिला उम्मेदवार

Advertisement

काठमाडौँ: पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ४१ जना महिलाले उम्मेदवारी दिएका छन् छ । यसमध्ये प्रतिनिधि सभामा १८ र प्रदेश सभाका लागि २३ जना महिला छन् ।

निर्वाचन आयोगका अनुसार कूल ३२३ ले प्रतिनिधि सभा र ४८४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारको मनोनयन पत्र भएको छ ।

आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र
(जेइओसी)बाट प्राप्त पछिल्लो विवरणअनुसार नेपाली काँग्रेसले १०३, नेकपा (एमाले) ले ६२, नेकपा (माओवादी केन्द्र)ले ४९ जना उम्मेदवार उठाएको छ ।

यसैगरी, नयाँ शक्ति पार्टी नेपालले ८१, संघीय समाजवादी फोरम नेपालले ५५, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ४३, जन समाजवादी पार्टी नेपाल २४, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र मंगोलियन नेशनल अर्गनाइजेशनले ३८ जना उम्मेदवारलाई प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएका छन् ।

प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि हुने निर्वाचनमा आठवटा राजनीतिक दलले एक÷एक स्थानमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै, मनोनयन दर्ता गराउने स्वतन्त्र उम्मेदवारको सङ्ख्या ११२ रहेको छ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदातालाई मताधिकार रहेको छ ।

कात्तिक ५ गते उम्मेदवारी मनोनयन दर्ता गराएका उम्मेदवारमाथि उजुरी कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement