नेपाल ग्रामीणमा एफपीओ नपरेकाको पैसा फिर्ता सुरु

Advertisement

काठमाडौं: नेपाल ग्रामीण विकास बैंकले थप सार्वजनिक निष्काशन (एफपीओ) नपरेका लगानीकर्ताको पैसा फिर्ता प्रक्रिया सुरु गरेको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उसले कात्तिक १ गतेबाटै आवेदकको पैसा सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत फिर्ता दिन सुरुगरिसकेको छ ।

आइपीओ र एफपीओमा आस्वा अनिवार्य गरिएकाले लगानीकर्ताकै खातामा ब्लक गरिएको पैसा फुकुवा गरिनेमात्र हो । बिक्री प्रबन्धकको पत्र पाएपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले खातावालालाई आइपीओ नपरेको पैसा प्रयोग गर्न मिल्ने गरी खुला गरिन्छ ।

ग्रामीणले भदौ २७ गतेदेखि ३० गतेसम्म ९ करोड ७५ लाख रुपियाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री खुला गरेको थियो । एफपीओ असोज ३१ गते बाँडफाँट भएको थियो । जसमा ९७ हजार ५०० जना आवेदकले गोलाप्रथा मार्फत १० कित्ता शेयर पाएका छन् । कुल २ लाख ५० हजार ५२४ जनाको आवेदन स्वीकृत भएकोमा गोलाप्रथाबाट ९७ हजार ५०० जनाले मात्र शेयर पाएका हुन् । बाँकी आवेदक खाली हात भएका थिए भने ३ हजार ७९१ जनाको आवेदन प्रक्रिया नपुगेर रद्द गरिएका थिए ।

Advertisement

Advertisement

Advertisement