विराट र अनुष्का डिसेम्बरमा विवाह गर्ने तयारीमा

Advertisement

एजेन्सीः भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली तथा बलिउड अभिनेत्री अनुष्का शर्मा बिचको प्रेम चर्चा त सबैलाई थाहै छ । तर, पछिल्लो समय उनीहरु विवाह गर्ने निर्णयमा पुगेका भारतिय सञ्चार माध्यमले जनाएका छन् । उनीहरु आफ्नो विवाह डिसेम्बरमा गर्ने तयारीमा जुटेका छन् ।

अहिले विवाहको मिति नतोकिएपनि सञ्चारमाध्यमका अनुसार विराट श्रीलंका विरुद्ध घरेलु मैदानमा हुने सीरीजबाट ब्रेक लिएर विवाह गर्न लागेका हुन् । अर्को एक रिर्पोटका अनुसार दुबैको विवाह डिसेम्बरको अन्तिम हप्ता हुने सम्भावना छ । तर विवाहका लागि विराटलाई धेरै समय नमिल्ने बताइएको छ । भारतले श्रीलंकाविरुद्ध एक दिवसिय तीन खेल र तीन खेल टी-२० खेल्नु पर्ने भएकाले विराटलाई धेरै समय विदा नमिल्ने बताइएको छ ।

उनले विवाहकै लागि भनेर बोर्डसँग ब्रेक मागेका छन् । विवाहका बारेमा अनुष्का र विराटले भने कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

Advertisement

Advertisement

Advertisement