साना हतियारको जगजगी: ५० हजार पर्ने बन्दुक काठमाडौँमा  सजिलै पाइन्छ-प्रहरी

Advertisement

काठमाडौँ: २३ असोज : एक थान रिभल्वर र एक गोलीसहित तीन पक्राउ

२३ असोज : निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या

३ कात्तिक : एक थान कटुवा पेस्तोल र एक थान गोलीसहित चार पक्राउ

५ कात्तिक : एक थान रिभल्वर र दुई गोलीसहित चार पक्राउ

दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाल्दा साना हातहतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्बिर झल्किन्छ ।

प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटना मात्रै हुन् । सार्वजनिक हुन नसकेका धम्की, फिरौती असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियार प्रयोग भइरहेका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७४/७५ का तीन महिनामा मात्रै ९ हतियार बरामद भएका छन् भने ३० जना मानिस पक्राउ परेका छन् । परिसरका अनुसार बरामद अधिकांश हतियारमा पेस्तोल र रिभल्वर छन् ।

फिरौती असुलीदेखि स–साना घटनामा साना हतियार प्रयोगबाट काठमाडौंमा यसको उपलब्धता सहज बन्दै गरेको खुलाउँछ ।

५ कात्तिकमा काठमाडौं नब्युभिँmदै प्रहरीको निद्रा खराब भयो । रानीबारी निवासी कल्याण गुरुङमाथि लैनचौरमा करिब पौने चार बजे गोली प्रहार भयो । ठमेलको सीएनआई क्लबबाट स्कुटीमा निस्केका गुरुङको घुँडामुनि गोली लागेको थियो । प्रहरी अनुसन्धानबाट थाहा भयो, गोलीकाण्डको निहुँ थिए– दुई युवती ।

सीएनआई क्लबबाट दुई युवतीसहित कारमा निस्केका एक युवकलाई गुरुङसहितको तीनवटा स्कुटीमा सवार ६ युवाले पछ्याएपछि उक्त घटना भएको थियो ।

गाडीमा सवार सविना क्षत्रीले आफूलाई केटाहरूले पछ्याएको बताएपछि गाडी चालकले गुरुङमाथि गोली प्रहार गरेका थिए ।

त्यसै दिन प्रहरीले कालीमाटीबाट एक थान रिभल्वर र त्यसको गोलीसहित चार जनालाई पक्राउ गरेको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रहरी भन्छ– केही हजार मूल्यमा पाइने होममेड कटुवादेखि आधा लाखसम्म पर्ने रिभल्वर काठमाडौंमा सजिलै पाइन्छ

Advertisement

Advertisement

Advertisement