ज्योति र राप्तीभेरीको आजदेखि एकीकृत कारोबार सुरु

Advertisement

काठमाडौं : ज्योति विकास बैंक र राप्तीभेरी विकास बैंकको आज (बुधबार) देखि एकीकृत कारोबार सुरु भएको छ । ज्योतिले राप्तीभेरीलाई एक्वायर गरेर ज्योति विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको हो । नेपाल राष्ट्र बैंकले यी दुवै बैंकलाई असोज २६ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको हो ।

एक्वायरपश्चात राप्तीभेरीको सम्पूर्ण सम्पत्ति र दायित्व अब ज्योति विकास बैंकले सकार्ने छ भने बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमै रहनेछ । ज्योतिको गत भदौ ५ र राप्तीभेरीको असार १७ गते भएको साधारण सभाले राप्तीभेरीलाई ज्योति विकास बैंकले एक्वार गर्नेे प्रस्ताव पारित भएको थियो ।

हाल ज्योतिको चुक्ता पुँजी २ अर्ब १२ करोड ९० लाख ५३ हजार रुपियाँ छ भने राप्तीभेरीको १५ करोड ७० लाख ६४ हजार रुपियाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ज्योतिले २६ करोड १८ लाख २० हजार रुपियाँ र राप्तीभेरीले १ करोड ४७ लाख ३३ हजार रुपियाँ खुद नाफा कमाएका छन् ।

Advertisement

Advertisement

Advertisement