लिग कप अन्तर्गतको खेलमा सिटी र आर्सनलको जित

Advertisement

एजेन्सीः म्यानचेस्टर सिटी र आर्सनलले मंगलबार राती इङ्लिस् लिग कप अन्तगर्तको खेलमा जित दर्ता गरेका छन् । खेलमा म्यानचेस्टरले तल्लो श्रेणीको वल्भरह्याम्पटन वान्डरर्सलाई र आर्सनलले नर्विच सिटीलाई पराजित गरेका हुन ।

म्यानचेस्टर सिटीले वल्भरह्याम्पटन वान्डरर्सलाई टाइब्रेकरमा ४-१ गोल अन्तरले पराजित गर्यो । गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीले टाइब्रेकरबाट जित दर्ता गर्यो । सिटीको जितकालागि केभीन डे ब्रुएन, याया टुरे, लेरोय साने र सर्जियो अगुएरोले गोल गरेका थिए ।

अर्को खेलमा आर्सनलले नर्विच सिटीलाई २-१ गोलले पराजित गर्यो । खेलको ३४ औं मिनेटमा १-० ले पछि परेको आर्सनलले खेलको अन्त्यतिम समयमा बराबरी गोल फर्कायो । जसकालागि एडवार्ड निकेताले गोल गरेका थिए । निकेताले अतिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनलले जित हात पार्‍यो ।

साथै जेसी लिंगार्डको दुई गोलको मद्दतमा म्यानचेस्टर युनाइटेडले स्वान्सी सिटीविरुद्द २-० को जित हात पार्यो । भने एएफसी बर्नमाउथले मिडल्सब्रोलाई ३-१ ले पराजित गर्दा लेस्टर सिटीले लिड्सलाई ३-१ ले हरायो । क्रिस्टल प्यालेस भने तल्लो श्रेणीको ब्रिस्टल सिटीसँग ४-१ ले पराजित भयो ।

Advertisement

Advertisement

Advertisement