गुरु न्यौपानेबाट जफत गरिएको ८५ हजार कित्ता सेयर कात्तिक १५ गतेबाट लिलामीमा

Advertisement

काठमाडौंः जनता बैंकले आफ्ना तत्कालिन सञ्चालक गुरु न्यौपानेबाट जफत गरेको ८५ हजार एक कित्ता शेयर लिलाम बिक्री गर्ने भएको छ ।

न्यौपानेले आफू जनता बैंकको सञ्चालक छँदा आफ्नी श्रीमतीको नाममा दोस्रो बजारबाट शेयर खरिद गरेको पाएपछि जफत गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो । श्रीमती सुमित्राको नाममा न्यौपानेले किनेको ५२ हजार ४७० कित्ता र त्यसमा हकप्रद र बोनस थप भएको समेत गरी कुल ८५ हजार एक कित्ता शेयर बैंकले जफत गरी लिलामीमा बिक्री गर्न लागेको हो ।

बैंकले उक्त शेयर खरिद गर्न कार्तिक १५ देखि २१ गतेसम्मको समय तोकेको छ । सय रुपियाँ मूल्य अंकित उक्त सेयरको बिक्री प्रवन्ध काठमाडौं क्यापिटल मार्केटले गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement