८.५ प्रतिशत ब्याजदरमा दुई अर्ब रुपियाँको नागरिक बचतपत्र आउँदै

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकले पाँच वर्ष अवधिको दुई अर्ब रुपियाँ बराबरको नागरिक बचतपत्र बिक्री गर्ने भएको छ । नगारिक बचतपत्र २०७९ 'क' नाम दिएको यो बचतपत्रको वार्षिक ब्याजदर आठ दशमलव पाँच प्रतिशत तोकिएको छ ।

व्याज भुक्तानी भने प्रत्येक छ महिनामा हुनेछ । बचतपत्रको विक्री खुला कात्तिक १२ गने देखि मंसिर १ गतेसम्म रहनेछ । बचतपत्र निष्कासन भने मंसिर छ गने हुनेछ । २०७९ मंसिर छ गते सम्म साँवा ब्याज भुक्तानी भइसक्नेछ । बचतपत्रमा कम्तीमा १० हजार रुपियाँ बराबरको आवेदन दिनुपर्नेछ । उक्त बचतपत्रलाई धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन तथा दिन पनि सकिनेछ ।

राष्ट्र बैंकको वेभसाइटमा गएर आवेदन फारम डाउलोड गर्न सकिनेछ । तर उपत्यका बाहिरका स्थानमा राष्ट्र बैंकको कार्यालयहरुबाट निःशुल्क पाइनेछ । हाल बजारमा वाणिज्य बैंकहरुले दिएको मुद्दति निक्षेपकै हाराहारीमा बचतपत्रको ब्याजदर तोकिएको छ । तर यसमा पाँच वर्षको अवधि भर ब्याजदर परिर्वतन हुँदैन ।

प्रत्येक छ महिनामा मात्र यसमा ब्याज प्राप्त गर्न सकिने छ । सर्वसाधारणहरुमा बचतपत्रप्रति तुलनात्मकरुपमा जानकारी कम रहेको पाइन्छ ।

Advertisement

Advertisement

Advertisement