२१ वर्षीय युवती जो पसिनाकोसट्टा रगत बगाउँछिन्

Advertisement

काठमाडौँ: सुन्दै अचम्म लाग्ने तर यो सत्य हो, एक इटालियन युवती जो आफ्नो शरीरबाट पसिनाकोसट्टा रगत बहाउछन्।

अनुशन्धानको लागि भन्दै अहिले सो २१ वर्षीय युवतीको नाम भने गोप्य राखिएको छ । उनी अहिले एक इटालियन हस्पिटलमा उपचारत छिन् । घटना एक क्यानडाली चिकित्षा संघको जर्नलमा सोमबार प्रकाशित भएपछि उजागर भएको हो । उनको उपचारमा अहिले छाला बिशेषज्ञ डाक्टरहरु रोबर्टो म्याग्ली र मर्जिया क्याप्रोनी संलग्न छन् ।

युवतीको शरीरमा कुनै पनि त्यस्तो दाग, घाउ र कोतारिएको ठाउँ भने छैन । उनको बिशेष गरी अनुहार र हत्केलाबाट बढी मात्रामा रगत बग्ने गरेको छ । यति हुँदा हुँदै पनि युवतीलाई त्यस्तो कुनै खालको गंभीर शारीरिक समस्या आएको छैन । तर उनमा सामान्य रुपमा तनाव भने सिर्जना भएको बताएकी छिन । यसले गर्दा उनी समाजबाट आफै एक्लै हिड्ने डुल्ने गरेकी छिन् ।

उनको शरीरबाट रगत बग्न थालेपछि कम्तिमा एक मिनेटदेखि बढीमा पाँच मिनेटसम्म आउने गरेको पछि आफै रोकिने गरेको उनले डाक्टरहरुलाई बताएकी छिन् । उनले यस्तो प्राय: सुतिहरेको, व्यायाम गरिरहेको अवस्थामा र शारीरीक रुपमा उत्तेजित भएको अवस्थामा त्यसो हुने गरेको उनले बताएकी छिन् । रगत र छालाको परीक्षण गरेर हेर्दा पनि उनको शरिरमा त्यस्तो खास कुनै समस्या नदेखिएको चिकित्षकहरु बताउँछन् ।

तर चिकित्षकहरु यो समस्यालाई हेम्याटोहाइड्रोसिस, एउटा अत्यन्तै दुर्लव रोग भएको बताएका छन् । यो रोगमा शरीरबाट लगातार पसिनाको सट्टा रगत बहने गर्ने गर्दछ । अहिले उनलाई तनाव मुक्त गराउने उपचारहरू सुरुगरिएको डाक्टरहरु बताइरहेका छन् ।

एक पूर्व हेम्याटोलोजिस्ट ज्याक्लिन डफ़िन भन्छिन्- 'हामी यस रोगबारे यसै भन्न सक्दैनौं, सायद यो उनको शरीरमा उतपन्न भएको केहि रसायनिकले गर्दा भएको हुन सक्छ जुन हामीलाई थाहा नभएको हुनसक्छ ।'

Advertisement

Advertisement

Advertisement