एभरेस्ट प्रिमियर लिग 'ईपीएल' क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजन टीभीएसले गर्ने

Advertisement

काठमाडौंः एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको मुख्य प्रायोजन टीभीएस कम्पनिले गर्ने भएको छ । नेपालस्थित टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्स र ईपीएलबीच मंगलबार प्रायोजन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवाल र ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले हस्ताक्षर गरेका हुन् । तर मुख्य प्रायोजनबापतको रकम भने सार्वजनिक गरिएको छैन । जगदम्बा मोटर्सले मुख्य प्रायोजक बनेबापत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टीभीएस मोटरसाइकल प्रदान गर्नुका साथै प्रतियोगिताको विजेता टोलीलाई २१ लाख रुपियाँको पुरस्कार पनि उपलब्ध गराउने छ । प्रचारका सामग्रीकोलागि आवश्यक पर्ने आर्थिक सहयोग गर्ने सम्झौता पनि भएको जनाइएको छ । यो प्रायोजनसँगै प्रतियोगिताको नाम पनि टीभीएस ईपीएल हुनेछ ।

कार्यक्रममा उपस्थित टीभीएसका वरिष्ठ उपाध्यक्ष आर दिलीपले नेपाली क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको बताएका थिए । उनले आफ्नो सहयात्राले नेपाली क्रिकेटको विकासमा योगदान पुग्ने पनि बताएका थिए । प्रतियोगिता आगामी डिसेम्बर १९ तारिखबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

Advertisement

Advertisement

Advertisement