सुध्रिएलाकी भनेको सेयर बजार खस्कियो, नेप्सेमा दोहोरो अंकको गिरावट

Advertisement

काठमाडौंः तिहारपछि सामान्य उचार चढाव देखिएको सेयर बजारमा बुधबार भने खस्किएको छ । सेयर बजार परिसुचक नेप्से झण्डै १४ अंकले झरेर एक हजार ५५३ दशमलव ७२ अंकमा आइपुगेको छ । चाडपर्वसँगै निर्वाचनको माहौलले सेयर बजार सकारात्मक हुने आशा गरिए पनि झन खस्किएको हो ।

मंगलबार सामान्य सुधार आएको नेप्से आज भने दोहोरो अंकले खस्किएको हो । व्यापार र होटल समूहमा राम्रै सुधार भए पनि बाँकी समूह भने ओरालो लागेको छ । चाडपर्वका कारण सेयर कारोबारमा समेत खासै सुधार आउन सकेको छैन । आज ४७ करोड रुपियाँको सेयर खरिद बिक्री भएको छ, जसमा सबैभन्दा धेरै जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको छ करोड २६ लाखको कारोबार छ ।

समूहगत कारोबारमा व्यापार समूह पाँच दशमलव ४१ र होटल समूह एक दशमलव ३४ प्रतिशतले बढेको छ भने बाणिज्य बैंक शुन्य दशमलव ८७, विकास बैंक शुन्य दशमलव ६३, जलविद्युत एक दशमलव ५२, वित्त शुन्य दशमलव ६७, बिमा शुन्य दशमलव ४३, उत्पादनमूलक एक दशमलव ६९ र अन्य समूह दुई दशमलव ४६ प्रतिशतले झरेका छन् ।

आज सबैभन्दा धेरै नाफा कमाउनेमा मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा बरुण हाइड्रोपावरका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement