चिनियाँ राष्ट्रपति सिलाई ट्रम्पको बधाई

Advertisement

 

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन भएकोमा उनलाई बधाई दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट् गर्दै चिनियाँ राष्ट्रपति सिसँग फोनमा कुराकानी गरेको र चीनको नेतृत्वमा शक्ति संगठित गरेर पाएको ‘असाधारण उचाइ’ का लागि वधाई दिएको जानकारी गराएका छन् । कुराकानीमा दुई नेताबीच उत्तर कोरिया र अमेरिका चीन व्यापारका बिषयमा कुराकानी भएको पनि जनाइएको छ ।

कुनै स्पष्ट उत्तराधिकारी नभएपछि पुनः निर्वाचित भएका सिले अर्को पाँच वर्षका लागि आफ्नो पकड बलियो बनाएका छन् । चीनको संविधानमा राष्ट्रपति सिको नाम र उनका सिद्धान्तहरुलाई समेत उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना समकक्षी चिनियाँ नेता सि शक्तिशाली नेता रहेको अमेरिकी फक्स विजिनेस न्यूज टेलिभिजनलाई बताएका छन् । “उनी एक असल मान्छे हो ।”

अन्तवार्तामा अमेरिकी राष्ट्रपतिले भन्नुभयो, “केही मानिसले उनलाई चीनको राजा नै भन्छन् तर उहाँ राष्ट्रपति हो ।” धेरै राम्रो सम्बन्ध रहेको छ ।” “यो सकारात्मक कुरा हो । यदि रसिया र अन्य मुलुकसँगपनि यस्तै राम्रो सम्बन्ध भएमा राम्रो हुनेछ ।”

Advertisement

Advertisement

Advertisement