निगम दुई चिनियाँ जहाज ल्याउदै

Advertisement

काठमाडौंः नेपाल वायुसेवा निगमले ल्याउन बाँकी दुई चिनियाँ जहाज ल्याउने प्रक्रिया अगाडी बढाएको छ । १७ सिट क्षमताका वाई–१२ ई जहाज अवको केही महिनामा भित्र्याउने प्रक्रिया निगमले थालेको हो । विगत चार वर्षदेखि खरिद प्रक्रियामा रहेका छ वटा जहाजमध्ये चार वटा विमान अहिले सञ्चालनमा छन् ।

निगममा हाल ५६ सिट क्षमताका एमए–६० दुई वटाले र वाई १२ ई दुई जहाजले सेवा दिइरहेका छन् । एभिक इन्टरनेसनल होल्डिङ कम्पनीले चार वटौ जहाज तयार गरेपछि नेपालले ७० प्रतिशत रकम समेत पठाइसकेको थियो । जसकारणले जहाज जसरी पनि ल्याउनै पर्ने अवस्थामा निगम पुगेको थियो ।

दुईथान जहाज गत वर्ष नै ल्याइएको र त्यसअघि दुईथान जहाज भने चीनले अनुदानस्वरुप नेपाललाई दिएको थियो । चिनियाँ छ वटा जहाज किन्न छ अर्व ६७ करोड १० लाख रुपियाँ निगमलाई एक्जिम बैंकमार्फत अनुदान तथा ऋण उपलव्ध गराइएको हो । त्यसबाट दुई अर्ब ९४ करोड १० लाख रुपियाँ एमए–६० र एउटा वाई–१२ ई अनुदानमा लिन प्रयोग गर्ने सम्झौता भएको थियो ।

साथै बाँकी तीन अर्ब ७२ करोड ८० लाख रुपियाँमा एमए ६० र तीनवटा वाई १२ ई जहाज ऋणमा खरिद गर्ने सम्झौता नेपाल र चीनबीच चार बर्ष अगाडि भएको थियो । चिनियाँ पक्षले स्पेयर्स पार्ट्स र पाइलटको समस्या समाधान गर्ने भने पनि समस्या समाधान नभएको निगमले बताएको छ ।

निगमले, चिनियाँ जहाजबाट हुने घाटा चिनियाँ पक्षले बेहोर्नुपर्ने, जगेडा सामान १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने, जहाजसम्बद्ध नियम अंग्रेजी भाषामा लेख्नु पर्ने साथै, चालकदलको तालिम खर्च कटौती र बिमा रकम कम हुनुपर्ने लगाएतका माग गरेको थियो ।

Advertisement

Advertisement

Advertisement