टानको नेतृत्वका लागि लोकतान्त्रिक र वामपन्थी समूहबीच कडा प्रतिस्पर्धा हुँदै

Advertisement

काठमाडौंः ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमितिका लागि लोकतान्त्रिक र वामपन्थी समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ । ट्रेकिङ व्यवसायीको छाता संगठन टानमा यही १२ गते हुने निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता भएको छ ।

टानका पूर्वमहासचिवहरु मोहन लम्साल र नवराज दाहालको नेतृत्वले उम्मेदवारी दर्ता गराएको हो। लम्साललाई काँग्रेस निकट राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट), नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नयाँ शक्ति निकट पर्यटन व्यवसायी र स्वतन्त्र पर्यटन व्यवसायीको समर्थन रहेको छ भने दाहाललाई माओवादी केन्द्र र नेकपा (एमाले) निकट पर्यटन व्यवसायी तथा शेर्पा समूहको समर्थन छ।

लम्साल समूहबाट वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितीय उपाध्यक्षमा निलहरि बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्रबहादुर कार्की, कोषाध्यक्षमा सुवास केसी र सहकोषाध्यक्षमा किरण धरेलले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, सदस्यमा शेरबहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जांग्बु शेर्पा, जंगबहादुर लामा, आङबाबु शेर्पा, रितु ग्याङ्देम, सूर्य थापा, कूलप्रसाद सुवेदी र सरोज कट्टेलको उम्मेदवारी परेको छ।

दाहाल समूहबाट वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुसाल, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा ऋषिप्रसाद नेपाल, महासचिवमा आङपेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा लामाको उम्मेदवारी परेको छ ।

त्यस्तै, सदस्यमा राजन काप्री, जीवन लामा, रवीन्द्र अधिकारी, सुकबहादुर लामा, हर्कबहादुर गुरुङ, बाबुराम गुरुङ, हरिशरण खरेल, गोपाल श्रेष्ठ र रामबहादुर खड्काले उम्मेदवारी दिएका छन् । हाल टानमा वामपन्थी समूहका चन्द्र रिजाल अध्यक्ष छन् । कुल एक हजार १८६ मतदाता रहेको टानको निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।

Advertisement

Advertisement

Advertisement