रोनाल्डोबिना मैदान उत्रिएको रियलको कठिन जित

Advertisement

एजेन्सीः स्पेनिस कोपा डेल रे फुटबलमा रियल मड्रिडले फुएन्लाब्राडाविरुद्द जित निकालेको छ । बिहिबार राति भएको खेलमा मड्रिडले फुएन्लाब्राडालाई २-० ले पराजित गरेको हो ।

जिनेदिन जिदानले रोनाल्डोसहित पहिलो रोजाईका खेलाडीलाई आराम दिएको खेलमा रियलले पेनाल्टिको माध्यमबाट जित हासिल गरेको हो । फुएन्लाब्राडाको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा कुनै गोल हुन सकेन । तर, दोस्रो हाफको ६३ औं मिनेटमा मार्को एसेन्सियोको पेनाल्टी गोलबाट रियलले खेलमा अग्रता लियो ।

खेलको ८० औं मिनेटमा लुकास भास्कुएजले पेनाल्टीमा गोल गरेपछि रियलको जित पक्का भएको हो । खेलको अन्तिम १० मिनेटको समयमा भने दुवै टोलि १० खेलाडीमा समेटिएका थिए ।

दुई टोलीबीचको अर्को लेग रियलको घरेलु मैदानमा हुनेछ ।

Advertisement

Advertisement

Advertisement