काँग्रेस आईका विश्वासपात्रका रुपमा चिनिएका कृष्ण सिटौला प्रत्यक्ष चुनाव लडनबाट बन्चित

Advertisement

काठमाडौंः तत्कालिन विद्रोही नेकपा माओवादीसँग भारतमा १२ बुँदे सम्झौता गराउनेदेखि पहिलो संविधानसभा निर्वाचनसम्म नेपालको राजनीतिमा हर्ताकर्ता बन्दै आएका काँग्रेस नेता कृष्ण सिटौलाले मंसिरमा हुन लागेको प्रत्यक्ष निर्वाचनमा चुनाव लडन नपाउने भएका छन् ।

भारतको काँग्रेस आइका विश्वास पात्रको रुपमा नेपालमा राजनीतिको केन्द्रमा रहँदै आएका सिटौला भारतमा काँग्रेसआईको पराजयसँग भारतीय जनता पार्टीको सरकार आएपछि उनको सक्रियता क्रमसः घटदै गएको विश्लेषकहरुले बताउँदै आएका छन् ।

चुनाव केन्द्रीत लोकतान्त्रिक गठबन्धनका कारण सिटौलाले चुनाव लड्दै आएको झापाको क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले टिकट पाउने भएपछि उनी जिल्लिएका हुन ।

उनले प्रत्यक्ष निर्वाचन लडन नपाउने भए पनि समानुपातिक सुची प्रतिनिधिसभामा आउने संभावना भने कायमै छ । प्रत्यक्ष निर्वाचन लडनबाट बन्चित भएको कुरालाई कतिपयले सिटौलाको क्यारियरमा संकटसमेत देखेका छन् ।

भारतीय राजनीतिमा काँग्रेस आईको प्रभाव ज्यानै न्यून भएका कारण नेपालको राजनीतिमा सिटौला पछिल्लो समयमा त्यति अग्रसर हुन सकेका छैनन् । यद्यपि उनी महत्वपूर्ण राजनीतिक बैठकहरुमा भने नबोलाए पनि पुग्ने, कुरा सुन्ने र फर्किने गर्छन । कुनै पनि बैठक छोडन नखोज्ने उनको शैलीले धेरैले शंकाको रुपमा समेत हेर्ने गर्दछन् ।

अढाई दशकदेखि झापा क्षेत्र नं ३ बाट चुनाव लड्दै आएका सिटौलालाई काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैले रुचाउँदैनन् । यद्यपि काँग्रेसमा आफ्नो छुट्टै धार बनाएर अघि बढने रणनीति बनाएका सिटौलालाई देउवाले काँग्रेसको गएको महाधिवेशनमा आफ्नो पक्षमा पारेका थिए ।

देउवा र पौडेल दुवैले रुचाइएको व्यक्ति नहुँदा सिटौलालाई प्रत्यक्ष चुनाव लडने अवसर नमिलेको हो । राप्रपाले झापा क्षेत्र नं. ३ आफूलाई चाहिने अडान लिएपछि सिटौला चुनाव लडनबाट बन्चित भएका हुन । प्रदेश नं. १ बाट राप्रपाले सोही क्षेत्र नै रोजेको हो ।

झापा क्षेत्र नं. ३ मा सिटौलाको राम्रो प्रभाव छ । यद्यपि लिङ्देन पनि सो क्षेत्रका परिचित अनुहार हो । विद्यार्थी कालदेखि नै राप्रपाको राजनीतिमा सक्रिय लिङ्देन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघको संस्थापक अध्यक्ष हुँदै राप्रपाको सँगठन विभाग प्रमुख समेत भइसकेका छन् ।

Advertisement

Advertisement

Advertisement