पोखरामा टि ट्वान्टी क्रिकेट प्रतियोगिता कार्तिक २१ बाट

Advertisement

पोखरा: राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा यही कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएकोे छ ।

प्रतियोगितामा १६ टोलीको सहभागिता रहने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा क्रिकेट एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलाडी करण केसीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख २५ हजार ४५६ र द्वितीय हुनेले रु ५४ हजार ३२१ का साथमा ट्रफी र पदक प्राप्त गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement