न्यूनचापीय क्षेत्रको विकासका कारण मौसममा बदली

Advertisement

काठमाडौँ: उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्रको विकासका कारण शनिबार बिहानदेखि नै देशभरका पहाडी र पूर्वी तराई क्षेत्रमा मौसम बदली भएको छ।

पूर्वी भूभागको दक्षिण क्षेत्रमा सानो न्यूनचापीय क्षेत्र विकास भएको र पश्चिमी भूभागको उच्च वायुमण्डलमा न्यूनचापीय रेखा रहेकाले मौसममा प्रभाव परेको बरिष्ठ मौसमविद् बरुण पौडेल जानकारी दिए।

‘देशभर पहाडी क्षेत्रमा पूर्ण बदली छ। जलवाष्पयुक्त हावाको कमीले गर्दा एक/दुई स्थानमा पानी पर्ने सम्भावना छ,’ उनले भने। पूर्वी तराई भेगमा कमजोर न्यूनचापीय क्षेत्र विकास भएकाले सामान्य बदली भएको उनले जानकारी दिए।

उनका अनुसार देशका पहाडी, मध्य तथा पूर्वी भेगमा अझै दुई दिन यस्तै हुनेछ। आज काठमाडौँको न्यूनतम तापक्रम १३.६ र अधिकतम २६.६ डिग्रिसेल्सियस छ। कात्तिकको पहिलो साता यहाँको न्यूनतम तापक्रम ९ देखि ११ डिग्रिसेल्यिससम्म पुगेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ।

Advertisement

Advertisement

Advertisement