एसबिआई बैंकले १६ प्रतिशत बोनस सेयर दिने, निष्क्रिय कर्जा ०.१ प्रतिशतमा सीमित

Advertisement

काठमाडौंः नेपाल एसबिआई बैंकको शनिबार बसेको सञ्चालक समितिले गत बर्षको मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशतभन्दा बढिको बोनस सेयर दिने निर्णय गरेको छ ।

गत बर्ष एक अर्ब ५२ करोड ३२ लाख खुद मुनाफा आर्जन गरेको एसबिआई बैंकले १५ दशमलव ४२ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करका लागि शुन्य दशमलव ८१ प्रतिशत नगद लाभांश दिने निर्णय भएको हो ।

समितिले नाफा नोक्सान बाँडफाँडसहितको गत बर्षको आर्थिक बिबरण स्वीकृत गरेको छ । बैंकले गएको बर्षमा आर्जन गरेको मुनाफा अघिल्लो आर्थिक बर्ष (२०७२–७३)को भन्दा १४ दशमलव ३६ प्रतिशतले बढि हो ।

प्रस्तावित मुनाफा बैंकको साधारणसभाबाट पारित र नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्छ । नेपाल एसबिआई बैंक नेपाल–भारत संयुक्त लगानीमा स्थापना भएको भारतको स्टेट बैंक अफ इण्डिया र नेपालको कर्मचारी संचय कोषद्धारा प्रवद्र्धित बैंक हो ।

बैंकले हाल ७९ व्यवसायिक इकाई (तीन क्षेत्रीय कार्यालय र एक इनटच आउटलेटसहित)मार्फत सेवा प्रदान गर्दै आएको छ । हाल देशका सय स्थानमा एटिएस सेवाहरु रहेका छन् । निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव १० प्रतिशतमा सीमित गरेको यस बैंकको निक्षेप ८१ अर्ब ६६ करोड, कर्जा सापटी ६३ अर्ब ७५ करोड रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement