टुरिष्ट बस एशोसिएशनमा लोहनी निर्वाचित

Advertisement

पोखरा: पर्यटकीय नगरी पोखरा, काठमाडौँ र सौराहा क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न बस सेवा सञ्चालन गर्दै आएका व्यवसायीको साझा संस्था टुरिष्ट बस एशोसिएशन अफ नेपालको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

संस्थाको सातौँ अधिवेशनले प्रल्हाद लोहनीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा ढकनाथ काफ्ले, द्वितीय उपाध्यक्षमा भीष्म न्यौपाने, महासचिवमा कृष्ण आचार्य, कोषाध्यक्षमा दीपेन्द्र अधिकारी एवम् सदस्यमा रुपेन श्रेष्ठ र विज्ञान भुजेल रहेका छन् ।

पर्यटकको आवागमनलाई सहज एवम् सुविधा सम्पन्न गराउँदै आगामी दिनमा सेवाको प्रभावकारिता अभिवृद्धिका लागि नयाँ कार्यसमिति अझै क्रियाशील बन्ने नवनिर्वाचित महासचिव एवम् यति एडभान्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक कृष्ण आचार्यले बताए ।

Advertisement

Advertisement

Advertisement