प्रिमियर लिगमा सिटी बलियो स्थितिमा, युनाइटेडभन्दा ५ अकं अगाडि

Advertisement

एजेन्सीः इंग्लिस प्रिमियर लिगमा म्यान्चेसटर सिटीले आफ्नो अग्रता कायम राखेको छ । प्रिमियर लिगअन्तर्गत शनिबार राती भएको खेलमा सिटीले वेष्ट ब्रुमलाई पराजित गर्दै आफ्नो अग्रता कायम राखेको हो ।

खेलमा सिटीले वेष्ट ब्रुमलाई ३-२ गोल अन्तरलेले हराउँदै लिगमा आफ्नो पकड कायम राख्यो । वेष्ट ब्रुमको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि लोरी साने, फेर्नानडिन्हो र रहिम स्टरलिङले सम्मान एक/एक गोल गरे । वेष्ट ब्रुमका जे रोड्रिगेज र म्याथु फिलिप्सले एक/एक गोल गरेपनि सिटीलाई हराउन पर्याप्त भएन ।

सिटीले खेलको १० औं मिनेटमा सानेको गोलबाट अग्रता लिएको थियो । तर, १३ औं मिनेटमा वेष्ट बु्रमका रोड्रीगेजले खेल बराबरीमा ल्याए । खेलको १५ औं मिनेटमा फेर्नानडिन्होले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । खेलको ६४ औं मिनेटमा स्टरलिङको गोलबाट सिटीले अग्रता ३–१ बनायो । वेस्ट बु्रमका फिलिप्सले खेलको ९० औं मिनेटमा अर्को गोल फर्काए पनि हारबाट जोगिन सकेन ।

जितसँगै लिगमा सिटी १० खेलबाट २८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको २३ अंक रहेको छ।

Advertisement

Advertisement

Advertisement