मुख्यसचिवसँग चेम्बरको आग्रह– कालोबजारी ऐन पूरानो भयो, संशोधन गरिदिनुपर्यो

Advertisement

काठमाडौंः नेपाल चेम्बर अफ कमर्शले २०३२ सालमा बनेको कालोबजारी ऐन संशोधनको माग राखेको छ । चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार नवनियुक्त मुख्यसचिव लोकदर्शन रेग्मीलाई भेटी उक्त ऐन संशोधनको माग गरेको हो ।

पूरानो कालोबजारी ऐनले विद्यमान बजारको समस्यालाई सम्वोधन गर्न नसकेको भन्दै प्रतिनिधिमण्डलले ऐनलाई समयसापेक्ष संशोधन गर्नुपर्ने खाँंचो औंल्यायो । चेम्वर अध्यक्ष श्रेष्ठले बजार अनुगमनका नाममा व्यपारीहरुलाई दुःख दिने काम भएको गुनासो पोखे ।

अर्थ, वाणिज्य, आपूर्ति मन्त्रालयलगायत प्रहरी प्रशासनबाट बजार अनुगमन हुने गरेकाले संशोधित ऐनमा बजार अनुगमनको क्षेत्राधिकार स्पष्ट गर्नुपर्ने भन्दै उनले पूर्व घोषित बाहेकका अपर्झट सार्वजनिक विदा दिंदा राष्ट्र बैंक अन्तर्गतका बैंक तथा वितीय क्षेत्रहरुका सेवालाई सुचारु गर्ने वन्दोवस्त मिलाउन आग्रह गरे ।

मुख्यसचिव रेग्मीले निजी क्षेत्रलाई विपक्षीको रुपमा लिएर सरकारको तर्फबाट दमन गर्ने काम आफ्नो कार्यकालमा कहिल्यै नहुने बताए । सरकार र निजी क्षेत्र मिलेर अघि बढनुपर्ने भन्दै उनले त्यसरी अघि बढ्दा मात्रै मुलुक समृद्ध हुने बताए ।

भेटमा चेम्वरका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, द्धितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश अग्रवाल, सचिवहरु देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डे, पर्शुराम दाहाललगायतका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति थिए ।

Advertisement

Advertisement

Advertisement