वामदेव गौतमसँग मेरो राम्रै प्रतिस्पर्धा हुन्छः सञ्जय गौतम

Advertisement

कात्तिकः सिंचाईमन्त्री सञ्जय गौतमले तोकिएकै मितिमा चुनाव गराउन सरकार प्रतिवद्ध रहेको भन्दै चुनाव हुने कुरामा आशंका नगर्न आग्रह गरे ।

आइतबार रिपोर्टर्स क्लबमा गौतमले सर्वोच्च अदालतले निर्वाचन आयोगसँग जवाफ माग्दैमा चुनाव प्रभावित नहुने बताए । उनले भने, ‘अदातलको कार्यक्षेत्रमा हामी प्रवेश गर्दैनाँै । निर्वाचन आयोगले पनि अहिलेसम्म चुनाव गराउन सक्दिन भनेको छैन ।’

काँग्रेस नेतासमेत रहेका गौतमले यसअघि स्थानीय निकायको चुनाव पनि गराउँदैन भनेर यसरी नै प्रचार गरिएको स्मरण गराउँदै चुनाव नचाहने तत्वले आशंका गरेको आरोप लगाए ।

काँग्रेसका तर्फबाट बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका उनले आफूले चुनाव जित्ने दाबी समेत गरे । एमालेका उपाध्यक्ष बामदेवसमेत सोही क्षेत्रबाट चुनाव लड्ने स्मरण गराउँदै बस्नेतले भने, ‘राम्रै मान्छेसँग प्रतिस्पर्धा हुँदैछ । तर मलाई जनताले विश्वास गरेका छन् । मैले पनि जनतालाई विश्वास गरेको छु ।’

फरक प्रसङ्गमा मन्त्री गौतमले लोकतान्त्रिक गठबन्धन मजबुत हुने दाबी गरे । वाम गठबन्धनका कारण लोकतान्त्रिक गठबन्धनको आवश्यकता जरुरी रहेको गौतमले बताए । लोकतान्त्रिक गठबन्धन निर्माणको प्रयास जारी रहेको बताउँदै गौतमले भने, ‘स्थानीय तहको चुनावी नतिजाका आधारमा मधेसीलगायतका दलहरुसँग तालमेल हुन्छ ।’ गठबन्धनले साझा उम्मेदवार बनाएर चुनाव लड्ने उनको भनाई छ ।

Advertisement

Advertisement

Advertisement