बाग्लुङ्गको एक पूरानो विद्यालयलाई जापानबाट साढे २२ लाख सहयोग

Advertisement

बाग्लुङ्गः यहाँको एक विद्यालयलाई जापानमा रहेका नेपालीबाट २२ लाखभन्दा बढि आर्थिक रकम संकलन भएको छ । गल्कोट नगरपालिका .८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि विद्यालयका भूतपूर्व विद्यार्थीहरुसमेतले उक्त सहयोग रकम संकलन गरेका हुन ।

जापानका विभिन्न शहरमा रोजगारीको सिलसिलामा कार्यरत यस क्षेत्रका झण्डै एक दर्जन नेपालीहरुबाट नगद र बोल रकम गरि २२ लाख ५८ हजार संकलन भएको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिए ।

विसं २०१४ सालमा स्थापना भएको यस विद्यालयले आफ्नो ६० बर्ष प्रवेश गरेको अवसरमा आउँदो माघ १० देखि १४ सम्म विविध कार्यक्रमका हिरक महोत्सव मनाउन गइरहेको छ ।

महोत्सवलाई लक्षित गरेर हाल विद्यालयले स्वदेश तथा विदेशका विभिन्न स्थानहरुमा आर्थिक संकलन अभियानलाई तीव्रताका साथ अगाडी बढाइरहेको विद्यालयका प्राचार्य तेजेन्द्र बुढाथोकीले जानकारी दिए । तस्विर ःकौरव खत्री

Advertisement

Advertisement

Advertisement